विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरी बडुवालको निधन

काठमाडौं । विपद् उद्दार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ । आज बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो । विपद् व्‍यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका -५ आइटी पार्कमा मनसुनजन्य विपद् व्‍यवस्थापन स्थापना गरेको थियो । सोही आधारमा […]

Oct 14, 2024 - 12:31
 0
विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरी बडुवालको निधन

काठमाडौं ।

विपद् उद्दार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ ।

आज बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो ।

विपद् व्‍यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका -५ आइटी पार्कमा मनसुनजन्य विपद् व्‍यवस्थापन स्थापना गरेको थियो । सोही आधारमा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल हालसम्म त्यही कार्यरत थिए ।

सशस्त्र प्रहरी निरीक्षक बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरि उपचार गरेकोमा आज २८ गते सोमबार बिहान उनको निधन भएको हो।

उनको आजै साँझ पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register