कतार पठाइदिन्छु भन्दै ठग्ने मलेसियन नागरिक लहानबाट पक्राउ

सिरहा । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक मलेसियन नागरिकसहित चारजना पक्राउ परेका छन् । लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारको अनुमति बिना कतार पठाउने भन्दै अन्तर्वार्ता लिइरहेका मलेसियन नागरिक मोहम्मद रिजुआन बिन अब्दुल्लाहसहित लहान–२३ का रामाशङ्कर यादव, रामभरत यादव, र सूर्यनारायण दावलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूले केही […]

Oct 29, 2024 - 01:55
 0
कतार पठाइदिन्छु भन्दै ठग्ने मलेसियन नागरिक लहानबाट  पक्राउ

सिरहा । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक मलेसियन नागरिकसहित चारजना पक्राउ परेका छन् ।

लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारको अनुमति बिना कतार पठाउने भन्दै अन्तर्वार्ता लिइरहेका मलेसियन नागरिक मोहम्मद रिजुआन बिन अब्दुल्लाहसहित लहान–२३ का रामाशङ्कर यादव, रामभरत यादव, र सूर्यनारायण दावलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानमा खुलेको छ । ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register