काठमाडौँमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, बेचे कार्वाही !

काठमाडौँ । काठमाडौँमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाइएको छ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौँमा प्लास्टिकका फूलका माला बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन् । प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाइएको जानकारी दिँदै मेयर साहले काठमाडौँका ४६ स्थानमा स्थानीय फूलका माला बिक्रीका लागि प्रबन्ध मिलाइएको पनि जानकारी दिएका छन् […]

Oct 29, 2024 - 04:13
 0
काठमाडौँमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, बेचे कार्वाही !

काठमाडौँ । काठमाडौँमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाइएको छ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौँमा प्लास्टिकका फूलका माला बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन् ।

प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाइएको जानकारी दिँदै मेयर साहले काठमाडौँका ४६ स्थानमा स्थानीय फूलका माला बिक्रीका लागि प्रबन्ध मिलाइएको पनि जानकारी दिएका छन् ।

मेयर साहका अनुसार काठमाडौँको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु विष्णुमति करिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको भए पनि यसवर्ष भने काठमाडौँ भित्रका ४६ स्थान (मल, मार्ट, पार्क, पार्टी प्यालेस र सेन्टर)मा फूल बिक्रीको प्रबन्ध मिलाइएको छ ।

त्यस्तै, महानगरले व्यापारीहरुलाई प्लास्टिकका फूलमाला बिक्री नगर्न पनि अनुरोध गरेको छ । प्रतिबन्धका बाबजुत पनि कसैले लुकिछिपि बिक्री गरेको भेटिए कानूनअनुसार कारबाही गर्ने महानगरले चेतावनी दिएको छ । यी हुन् यस वर्ष काठमाडौँ महानगरले तोकेको फूल बिक्री गर्ने ठाउँः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register