साफ च्याम्पियनसिप : भारतले नेपालविरुद्ध उजुरी दिने

काठमाडौं । भारतीय फुटबल संघ (एआईएफएफ)ले साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले ७० मिनेट खेल रोकेको भन्दै दक्षिण एसियाली फुटबल महासंघलाई पत्र लेख्ने निर्णय गरेको छ । खेल भएको भोलिपल्ट एआईएफएफले साफलाई पत्र लेख्ने निर्णय गरेको हो । खेल रोकिएपछि लामो प्रतिक्षा र पूर्ण भ्रमले आफ्ना खेलाडीको लय र एकाग्रतामा बाधा पुर्‍याएको एआईएफएफले बताएको छ । […]

Oct 29, 2024 - 06:25
 0
साफ च्याम्पियनसिप : भारतले नेपालविरुद्ध उजुरी दिने

काठमाडौं । भारतीय फुटबल संघ (एआईएफएफ)ले साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले ७० मिनेट खेल रोकेको भन्दै दक्षिण एसियाली फुटबल महासंघलाई पत्र लेख्ने निर्णय गरेको छ ।

खेल भएको भोलिपल्ट एआईएफएफले साफलाई पत्र लेख्ने निर्णय गरेको हो । खेल रोकिएपछि लामो प्रतिक्षा र पूर्ण भ्रमले आफ्ना खेलाडीको लय र एकाग्रतामा बाधा पुर्‍याएको एआईएफएफले बताएको छ ।

भारतले ६२औं मिनेटमा अग्रता लिएको थियो । लगत्तै नेपालले गोल गर्यो तर, रेफ्रीले गोल अस्वीकार गरेको थियो । त्यसपछि नेपालले रेफ्रीको निर्णयको विरोध गर्दै खेल जारी राख्न अस्वीकार गरेपछि खेल ७० मिनेटभन्दा बढी रोकिएको थियो ।

पर्यवेक्षक अधिकारी र नेपाली टोलीबीचको लामो छलफलपछि खेल पुनः सुरु भएको थियो ।

खेल सुरु भएको केही समयमै नेपालकी सावित्रा भण्डारीको गोल गर्दै बराबरीको स्थितिमा ल्याइन् । त्यसपछि नेपाल टाइब्रेकरमा ४-२ गोलले विजयी भएर फाइनल पुग्यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register