रविमाथि सहकारी ठगका रूपमा होइन, गोर्खा मिडियाका एमडीका रूपमा अनुसन्धान होस् : मिलन लिम्बू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मिलन लिम्बूले पार्टी सभापति रवि लामिछानेमाथि गोर्खा मिडियाका एमडीका रूपमा अनुसन्धान हुनुपर्ने बताएका छन् । मङ्गलबार बालुवाटारमा जारी आन्दोलनका क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै लिम्बूले यस्तो बताएका हुन् । विशेष संसदीय छानबिन समितिको प्रतिवेदनको मर्म पनि त्यही भएको जिकिर गर्दै उनले भने, “रवि लामिछानेमाथि गोर्खा मिडियाका एमडीका रूपमा अनुसन्धान […]

Oct 29, 2024 - 07:37
 0
रविमाथि सहकारी ठगका रूपमा होइन, गोर्खा मिडियाका एमडीका रूपमा अनुसन्धान होस् : मिलन लिम्बू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मिलन लिम्बूले पार्टी सभापति रवि लामिछानेमाथि गोर्खा मिडियाका एमडीका रूपमा अनुसन्धान हुनुपर्ने बताएका छन् ।

मङ्गलबार बालुवाटारमा जारी आन्दोलनका क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै लिम्बूले यस्तो बताएका हुन् ।

विशेष संसदीय छानबिन समितिको प्रतिवेदनको मर्म पनि त्यही भएको जिकिर गर्दै उनले भने, “रवि लामिछानेमाथि गोर्खा मिडियाका एमडीका रूपमा अनुसन्धान होस् भन्ने हो, सहकारी ठगको रूपमा होइन ।”

यद्यपि, आफूहरूलाई न्यायालयप्रति पूर्ण विश्वास रहेको बताए । “उहाँलाई न्यायालयले न्याय दिन्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ,” उनले भने ।

लिम्बूले आफूहरूको आन्दोलन पार्टी सभापतिका लागि मात्र नभइ सहकारी पीडितहरूका लागि पनि भएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register