अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा कमललाई ३ र अनुपलाई ४ पदक

काठमाडौं । नेपालका कमल मगरले अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा २ स्वर्णसहित १ रजतपदक जितेका छन् । अमेरिकाको फ्लोरिडामा नोभेम्बर २६ देखि २७ तारिखसम्म भएको मिक्स मार्सल आर्ट्सको प्रतियोगितामा कमलले पुरुष ब्लायक वेल्टको सफ्ट स्टायल र ट्रेडिसनल चाइनिज वेपन्समा स्वर्ण तथा ग्रान्ड च्याम्पियन खुलाको फम्समा रजत जितेको नेपाल उमा कुङफु संघले जनाएको छ । यसअघि कमलले […]

Oct 29, 2024 - 07:49
 0
अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा कमललाई ३ र अनुपलाई ४ पदक

काठमाडौं । नेपालका कमल मगरले अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा २ स्वर्णसहित १ रजतपदक जितेका छन् ।

अमेरिकाको फ्लोरिडामा नोभेम्बर २६ देखि २७ तारिखसम्म भएको मिक्स मार्सल आर्ट्सको प्रतियोगितामा कमलले पुरुष ब्लायक वेल्टको सफ्ट स्टायल र ट्रेडिसनल चाइनिज वेपन्समा स्वर्ण तथा ग्रान्ड च्याम्पियन खुलाको फम्समा रजत जितेको नेपाल उमा कुङफु संघले जनाएको छ ।

यसअघि कमलले आफ्नो खेल करियरमा विभिन्न राष्ट्रमा भएको प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कास्यपदक जितेका छन् ।

कमलले थाइल्यान्डमा सन् २०१८ मा भएको विश्व च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत, सन् २०१८ मा इङल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा १ स्वर्ण र १ कास्य तथा क्रोएसियामा सन् २०१९ मा भएको वर्ल्ड मार्सल आर्ट्स गेम्समा २ स्वर्ण जितेका थिए ।

त्यस्तै अस्ट्रियामा सन् २०१९ मा भएको विश्व कपमा २ रजत र १ कास्य तथा इङल्यान्डमा सन् २०२३ मा भएको युरोपियन च्याम्पियनसिपमा १ स्वर्ण र १ कास्य जितेका थिए । उनले सन् २०२० मा भएको भर्चुएल इन्टरनेसनल पेन्डामिक मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि १ स्वर्ण र १ कास्य हात पारेका थिए ।

कमलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितमा निर्णायकको भुमिका पनि निर्वाह गरेका छन् । अनुपले पुरुष ७० केजीमुनि ओरिएन्टल बक्सिङ लाइट वेटमा स्वर्ण, लाइट कन्ट्याक्ट र एमएमए लाइट, ओपन क्लासमा रजत तथा किक लाइटमा कास्य जिते ।

यसअघि अनुपले जापानमा भएको विभिन्न संस्करणको सुक वाङकिन्थोङ मुवाँथाईमा चार स्वर्णलगायतका पदक हासिल गरेका छन् ।

सोही प्रतियोगितामा नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । सिद्धार्थ र अनुप अमेरिकाको न्युयोर्कबाटै प्रतियोगितामा सहभागी भएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register