राष्ट्रपतिका सल्लाहकार कुँवरको नाम लिँदै स्वर्णिमले भने- रविलाई जस्तै आरोप लागेकाहरू फुक्काफाल हिँडिरहेका छन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा राखिरहनुको कुनै औचित्य नभएको जिकिर गरेका छन् । मङ्गलबार बालुवाटारमा जारी प्रदर्शनको कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका हुन् । उनले सोधे, “६ दिन थुनामा राखेर ४ घण्टा बयान लिने काम किन गरियो ?” अगाडि उनले भने, […]

Oct 29, 2024 - 08:43
 0
राष्ट्रपतिका सल्लाहकार कुँवरको नाम लिँदै स्वर्णिमले भने- रविलाई जस्तै आरोप लागेकाहरू फुक्काफाल हिँडिरहेका छन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा राखिरहनुको कुनै औचित्य नभएको जिकिर गरेका छन् ।

मङ्गलबार बालुवाटारमा जारी प्रदर्शनको कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका हुन् ।

उनले सोधे, “६ दिन थुनामा राखेर ४ घण्टा बयान लिने काम किन गरियो ?”

अगाडि उनले भने, “न उहाँ (रवि लामिछाने) प्रमाण नष्ट गर्ने ठाउँमा हुनुहुन्छ, न विदेश भाग्ने अवस्थामा हुनुहुन्छ, न त थप कुनै अपराध नै गर्नुहुन्छ । अनि किन उहाँलाई थुनामा राखिएको ?”

उनले रविलाई लागेजस्तै आरोप लागेकाहरू फुक्काफाल बाहिरै हिँडिरहेको उल्लेख गरे । “जीबी राईका सल्लाहकार त अहिले राष्ट्रपतिका सल्लाहकार हुनुहुन्छ । रवि लामिछानेलाई जस्तै आरोप लागेकाहरू हिँडिरहेका छन् तर, उहाँलाई चाहिँ किन थुनामै राख्नुपर्ने,” उनले भने ।

उनले सरकारलाई प्रतिशोधको राजनीति नगर्न चेतावनीसमेत दिए । “अहिले आफू सरकारमा हुँदा अरुलाई लखेट्ने, १२ वर्षपछि खोला फर्किन्छ भनिन्छ । सबैतिर सोच्नुपर्छ,” उनले भने ।

सहकारी ठगीसम्बन्धी प्रकरणमा फरार रहेका जीबी राईका तत्कालीन सल्लाहकार बाबुराम कुँवर अहिले राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार छन् । कुँवर राईका सल्लाहकार छँदै विभिन्न सहकारीहरूबाट राई अध्यक्ष रहेको गोर्खा मिडिया प्रालिमा रकम आएको थियो ।

रास्वपा नेताहरूले कुँवरमाथि रविलाई जस्तै अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् तर, कुँवरले भने सहकारीको रकम अपचलनमा आफ्नो कुनै दोषभागिता नरहेको जवाफ दिइसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register