विमानमा बमको झुटो खबर दिएको आरोपमा भारतमा एक जना पक्राउ

काठमाडौं । भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा एक जना पक्राउ परेका छन् । भारतीय प्रहरीले महाराष्ट्र राज्यका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको हो । न्यूज १८ इण्डियाकाअनुसार प्रहरीको अनुसन्धानमा उन्केले बमको झुटो खबर दिँदै आएका इमेल उनीसम्म ट्रेस भएको खुलेको छ । उनले किन बम रहेको भन्दै आतंक सिर्जना […]

Oct 29, 2024 - 10:13
 0
विमानमा बमको झुटो खबर दिएको आरोपमा भारतमा एक जना पक्राउ

काठमाडौं । भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा एक जना पक्राउ परेका छन् । भारतीय प्रहरीले महाराष्ट्र राज्यका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको हो ।

न्यूज १८ इण्डियाकाअनुसार प्रहरीको अनुसन्धानमा उन्केले बमको झुटो खबर दिँदै आएका इमेल उनीसम्म ट्रेस भएको खुलेको छ । उनले किन बम रहेको भन्दै आतंक सिर्जना गरे भन्ने हालसम्म खुलेको छैन ।

प्रहरीकाअनुसार उनले प्रधानमन्त्री कार्यालय, रेलवे मन्त्रीको कार्यालय, महाराष्ट्रका मुख्यमन्त्रीलगायतलाई पनि इमेल पठाएको पाइएको छ ।

सोमबार मात्र नेपालमा पनि एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि चेकजाँच गरिएको थियो । तर, केही भेटिएको थिएन । त्यसअघि भिस्टारा एयरवेजको विमानमा पनि बम रहेको हल्ला फैलिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register