मितेरी सहकारीको रकम अपचलन : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न दुई जनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ । सीआईबीले ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको हो । सीआईबीको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो […]

Oct 22, 2024 - 07:43
 0
मितेरी सहकारीको रकम अपचलन : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न दुई जनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ ।

सीआईबीले ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको हो ।

सीआईबीको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले रेड नोटिस जारी गर्न इन्टरपोलको मुख्यालयलाई पत्र लेखेको छ ।

मितेरी सहकारीको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान भइरहेको छ ।

गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन् । आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको उपसभापति गुरूङले बताउँदै आएका छन् ।

सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए । सो आधारमा ज्योति गुरुङ, ज्योति भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register