मित्रमिलन सहकारीका उपाध्यक्ष ससुरालीबाट पक्राउ 

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मित्रमिलन बचत तथा ऋण सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । लम्साललाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनकै ससुराली घरबाट पक्राउ गरेको हो ।  सहकारी ठगी प्रकरण पक्राउ परेका लम्सालमाथि थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।  उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण […]

Nov 6, 2024 - 02:57
 0
मित्रमिलन सहकारीका उपाध्यक्ष ससुरालीबाट पक्राउ 

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मित्रमिलन बचत तथा ऋण सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । लम्साललाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनकै ससुराली घरबाट पक्राउ गरेको हो । 

सहकारी ठगी प्रकरण पक्राउ परेका लम्सालमाथि थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । 

उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार/सेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन् ।

मित्र मिलन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ३१ करोड बिगोसहित मुद्दा दर्ता भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register