समस्याग्रस्त सहकारीका बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता 

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ । भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक लाख भन्दा कम बचत भएकाहरुको पूरै चुक्ता गरिएको र सो भन्दा बढी भएका […]

Oct 30, 2024 - 04:19
 0
समस्याग्रस्त सहकारीका बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता 

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ । भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक लाख भन्दा कम बचत भएकाहरुको पूरै चुक्ता गरिएको र सो भन्दा बढी भएका ४ सय ३८ जनालाई पनि दामासाहीले राहत दिने काम गरिएको स्पष्ट पारेका छन् । 

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो । मन्त्री अधिकारीले मागदाबी गर्ने बचतकर्ताहरुको संख्या ६ हजार ५९३ जनाको रकम चुक्ता गरिएको बताए । सरकारी तथ्यांक अनुसार मागदाबी गर्ने बचतकर्ता ६२ हजार ७६० रहेका छन् । उनीहरुमध्ये ६ हजार ५ सय ९३ जनाको बचत रकम फिर्ता गरिएको छ । 

अब बाँकी ५६ हजार ६ सय ५ जनाको बचत रकम सम्बन्धित सहकारीको पूँजी, भौतिक सम्पत्ति, लगानी गरेको ऋण असुलीको माध्यमबाट फिर्ता गराइने पनि मन्त्रालयले जनाएको छ । मन्त्री अधिकारीले सम्बन्धित सहकारीबाटै ती रकमहरु असुल गरी बचतकर्तालाई दिने गरी काम अघि बढाइएको पनि बताएका छन् । ‘६२ हजार ७ सय ६० माग दाबीमध्ये हामीले ६ हजार ५९३ दिइसकेपछि अब ५६ हजार ६०५ बाँकी हुनुहुन्छ । यिनलाई हामी जुन सहकारी हो, त्यसैको पूँजी, भौतिक सम्पत्ति, उनीहरुले लगानी गरेको ऋण असुली यो ३ वटा प्रक्रियाबाट हामी जम्मा गर्छौं ।’, उनले भने, ‘त्यो जम्मा भएको रकम वितरण गर्दै जान्छौँ ।’

त्यस्तै, मन्त्री अधिकारीले सहकारीका दोषी सबैलाई कारबाहीको दायरामा ल्याउने गरी सरकारले सहकारी सम्बन्धी ऐन संशोधन गर्न लागिएको पनि दोहोर्याएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register