विद्युत् निर्यातलाई प्रमुख विदेशी मुद्रा आर्जनको स्रोत बनाउन सकिने :  मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन्। साथै, नेपालले विद्युत् निर्यातलाई प्रमुख विदेशी मुद्रा आर्जनको स्रोत बनाउन सक्ने उनले बताए। ऊर्जा मन्त्री खड्काले यो कुरा काठमाडौंमा मंगलबार आयोजित वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) को २८औँ वार्षिकोत्सवमा बोल्दै बताएका हुन्। “हामीले भारतसँग […]

Oct 30, 2024 - 05:42
 0
विद्युत् निर्यातलाई प्रमुख विदेशी मुद्रा आर्जनको स्रोत बनाउन सकिने :  मन्त्री खड्का

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन्। साथै, नेपालले विद्युत् निर्यातलाई प्रमुख विदेशी मुद्रा आर्जनको स्रोत बनाउन सक्ने उनले बताए। ऊर्जा मन्त्री खड्काले यो कुरा काठमाडौंमा मंगलबार आयोजित वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) को २८औँ वार्षिकोत्सवमा बोल्दै बताएका हुन्।

“हामीले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता गरिसकेका छौँ र हालै बङ्गलादेशसँग ४० मेगावाट विद्युत् बेच्न सम्झौता गरेका छौँ,” मन्त्री खड्काले भने। उनले आगामी दशकमा नेपालकै विद्युत् खपत १३ हजार मेगावाटभन्दा बढी पुग्ने प्रक्षेपण पनि गरेका छन्। “हामी छिट्टै बंगलादेशलाई ६ हजारदेखि ७ हजार मेगावाटसम्म विद्युत् बेच्ने सम्झौतामा पनि अघि बढ्दै छौँ,” मन्त्री खड्काले थपे।

मन्त्री खड्काले ऊर्जा निर्यातको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न छिमेकी मुलुकहरूसँगको ऊर्जा व्यापारलाई प्राथमिकता दिने बताए। “विशेष गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रहरूमा एईपीसीले सफा ऊर्जा प्रवर्द्धनका निम्ति गरेको योगदान महत्त्वपूर्ण छ,” उनले भने। मन्त्रीले पूर्ण विद्युतीकरणको लक्ष्य प्राप्त गर्न सरकारको पूर्ण समर्थन रहने आश्वासन दिए।

उनले भने, “वैकल्पिक ऊर्जा क्षेत्रलाई सम्बोधन गर्न ऊर्जा दक्षता विधेयक चाँडै नै संसद्मा प्रस्तुत गरिनेछ।” एईपीसीका कार्यकारी निर्देशक नवराज ढकालले संस्था स्थापना भएदेखि ४०,००० किलोवाट लघु तथा साना जलविद्युत् आयोजनामार्फत ऊर्जा सेवा प्रवाह गर्दै ३६ लाख ५० हजारभन्दा बढी घरमा ऊर्जा पुर्‍याएको जानकारी दिए।

हाल वैकल्पिक ऊर्जा क्षेत्रमा ५०० भन्दा बढी निजी कम्पनीहरूले ५०,००० जनालाई रोजगारी दिएको पनि केन्द्रले जनाएको छ। कार्यक्रमको अवसरमा मन्त्री खड्काले ऊर्जा क्षेत्रमा योगदान दिएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरे।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ग्रामीण क्षेत्रमा जीवनस्तर सुधार्ने, वातावरण संरक्षण गर्ने, र नेपालमा व्यावसायिक रूपमा सक्षम ऊर्जा उद्योगहरू विकास गर्ने उद्देश्यसहित काम गरिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register