यू–१९ महिला विश्वकप छनोट : नेपालले दियो कुवेतलाई २१४ रनको लक्ष्य, पूजाको शतक

काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ । यूएईस्थित द सेभेन्स स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर २ विकेटको क्षतिमा २१३ रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले शतक प्रहार गरिन् । पूजाले ६९ बलमा अविजित १३० रन बनाइन् । उनले […]

Nov 12, 2024 - 07:11
 0
यू–१९ महिला विश्वकप छनोट : नेपालले दियो कुवेतलाई २१४ रनको लक्ष्य, पूजाको शतक

काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ ।

यूएईस्थित द सेभेन्स स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर २ विकेटको क्षतिमा २१३ रन बनाएको हो ।

नेपालका लागि कप्तान पूजा महतोले शतक प्रहार गरिन् । पूजाले ६९ बलमा अविजित १३० रन बनाइन् । उनले ५७ बलमा १२ चौका प्रहार गर्दै शतक पूरा गरेकी हुन् ।

सोनी पाख्रीनले अविजित ४३ र सावित्री धामीले ११ रन बनाइन् । सोनीले ३३ बलमा २ छक्का प्रहार गरेकी थिइन् । साना प्रविनले ६ रन बनाइन् ।

कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सुजाले १–१ विकेट लिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register