वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकलाई हटाउने निर्णय कार्यान्वयन नगर्नु : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा.द्वारिकाप्रसाद उप्रेतीलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उप्रेतीलाई पदबाट हटाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । २०७९ भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई चार वर्षका […]

Oct 30, 2024 - 12:56
 0
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकलाई हटाउने निर्णय कार्यान्वयन नगर्नु : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा.द्वारिकाप्रसाद उप्रेतीलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उप्रेतीलाई पदबाट हटाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

२०७९ भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई चार वर्षका लागि बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । चार वर्षका लागि नियुक्त भएका उनलाई मन्त्रालयको त्यसअगावै हटाउने निर्णय गरेपछि उप्रेतीले त्यसका विरुद्ध कात्तिक ११ गते सर्वोच्चमा मुद्दा हालेका थिए ।

वैदेशिक रोजगार नियमावलीमा गरिएको व्यवस्था विपरीत उप्रेतीलाई हटाएको सर्वोच्चको ठहर छ । उनीविरुद्ध डेनमार्ककाे अवैतनिक श्रम दूत बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रुपैयाँ लिएको उजुरी परेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register