अमेरिकी आक्रमणमा सिरियामा ३५ जिहादीको मृत्यु

एजेन्सी । अमेरिकी वायुसेनाले यस हप्ता सिरियामा इस्लामिक स्टेट समूह (आइएस) का कम्तीमा ३५ जना सदस्यलाई मारेको बताएको छ । यो दुवै देशमा कुनै समयमा ठूलो भूभाग नियन्त्रणमा लिएको ती जिहादीहरूका विरुद्ध अमेरिकी र स्थानीय सेनाले गत महिनामा गरेका कारवाहीहरूको शृङ्खलामा पछिल्लो घटना हो । “यी आक्रमणले सिरियाली मरुभूमिमा आइएसका धेरै स्थानलाई लक्षित गरेका थिए, […]

Oct 30, 2024 - 16:02
 0
अमेरिकी आक्रमणमा सिरियामा ३५ जिहादीको मृत्यु

एजेन्सी । अमेरिकी वायुसेनाले यस हप्ता सिरियामा इस्लामिक स्टेट समूह (आइएस) का कम्तीमा ३५ जना सदस्यलाई मारेको बताएको छ ।

यो दुवै देशमा कुनै समयमा ठूलो भूभाग नियन्त्रणमा लिएको ती जिहादीहरूका विरुद्ध अमेरिकी र स्थानीय सेनाले गत महिनामा गरेका कारवाहीहरूको शृङ्खलामा पछिल्लो घटना हो ।

“यी आक्रमणले सिरियाली मरुभूमिमा आइएसका धेरै स्थानलाई लक्षित गरेका थिए, जसमा आइएसका वरिष्ठ नेताहरू पनि समावेश थिए”, अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले सामाजिक मिडियामा भनेको छ ।

अक्टोबर २८ मा गरिएका यी आक्रमणमा नागरिक क्षति भएको संकेत नभएको सेन्टकमले बताएको छ । “यी हवाई आक्रमणले नागरिकहरूका साथै क्षेत्र र त्यसभन्दा बाहिर अमेरिकी सहयोगी र साझेदारहरूविरुद्ध योजना बनाउने, संगठित गर्ने र आक्रमण गर्ने आइएसको क्षमतामा बाधा पुग्नेछ”, सेन्टकमले भन्यो ।

गत हप्ता अमेरिकी र इराकी सेनाले संयुक्त छापा मार्दा इराकमा आइएसका सर्वोच्च नेतासहित नौ जिहादी मारिएको बताइएको थियो । सेन्टकमले अक्टोबर १८ मा इराकी कारबाहीमा समूहका एक वरिष्ठ नेतासहित अन्य तीन जिहादी मारिएको घोषणा गरेको थियो ।

अगस्टको अन्त्यमा अमेरिकी र इराकी सेनाको संयुक्त अभियानमा इराकको पश्चिमी मरुभूमिमा आइएसका १४ लडाकू मारिएका थिए । सेन्टकमका अनुसार आक्रमणमा समूहका चार नेता पनि थिए ।

आइएस–विरोधी अन्तर्राष्ट्रिय सङ्घको अङ्गका रूपमा अमेरिकी सेनाले सिरियामा करिब नौ सय र इराकमा दुई हजार पाँच सय सैनिक तैनाथ गरेको छ ।  एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register