आईटीएफ तेक्वान्दो विश्वकप : नेपाली टोलीको बिदाइ

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले उज्वेकिस्तानमा हुने आईटीएफ तेक्वान्दो विश्वकप २०२४ मा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । टाश्केन्त शहरमा नोभेम्बर १ देखि ८ सम्म चल्ने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रीले तेजुलाल चौधरीले बिदाइ गरेका हुन् । विश्वकपमा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापा मगरको नेतृत्वमा सात […]

Nov 1, 2024 - 06:33
 0
आईटीएफ तेक्वान्दो विश्वकप : नेपाली टोलीको बिदाइ

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले उज्वेकिस्तानमा हुने आईटीएफ तेक्वान्दो विश्वकप २०२४ मा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई बिदाइ गरेको छ ।

टाश्केन्त शहरमा नोभेम्बर १ देखि ८ सम्म चल्ने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रीले तेजुलाल चौधरीले बिदाइ गरेका हुन् ।

विश्वकपमा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापा मगरको नेतृत्वमा सात सदस्यीय टोली सहभागी हुनेछ ।

जसमध्ये रेफ्रीको भूमिकामा घमबहादुर र विक्रम बाठा मगर, प्रशिक्षकमा होमबहादुर सुनार, पुरुष खेलाडीतर्फ खगेन्द्र घर्ति मगर, सुरेन्द्र अदै र महिला खेलाडीतर्फ नविना विश्वकर्मा र वसन्ती डाँगी रहेका छन् । सो टोली नोभेम्बर १ मा काजकस्तानतर्फ प्रस्थान गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register