छठको तयारीमा जुट्यो मधेस

जनकपुरधाम । मधेसका जिल्लाहरूमा छठ पर्वको तयारी सुरु भएको छ । जनकपुरधाम क्षेत्रमा रहेका ऐतिहासिक तथा धार्मिक महत्वको पोखरीहरूको सरसफाई तथा सजावट गर्ने काम सुरु भएको छ । पोखरी, खोला, नहर लगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउन थालिएको छ । छठ घाट निर्माणका लागि कतै स्थानीय बासिन्दा आफैँ त कतै वडा तथा नगरपालिकाको […]

Nov 1, 2024 - 07:03
 0
छठको तयारीमा जुट्यो मधेस

जनकपुरधाम । मधेसका जिल्लाहरूमा छठ पर्वको तयारी सुरु भएको छ । जनकपुरधाम क्षेत्रमा रहेका ऐतिहासिक तथा धार्मिक महत्वको पोखरीहरूको सरसफाई तथा सजावट गर्ने काम सुरु भएको छ ।

पोखरी, खोला, नहर लगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउन थालिएको छ । छठ घाट निर्माणका लागि कतै स्थानीय बासिन्दा आफैँ त कतै वडा तथा नगरपालिकाको कार्यालयले रकम दिएर छठ घाट निर्माणको काम अगाडि बढाएको छ  ।

छठ कार्तिक २० गते मङ्गलबारदेखि विधिवत् रूपमा सुरु हुनेछ ।

यसैबीच पर्वका लागि ग्रामीण महिला घर लिपपोत र सरसफाइमा व्यस्त हुन थालेका छन्  । घरआँगन सरसफाइदेखि पर्वका लागि आवश्यक सरसामग्री जुटाउने क्रम सुरु भएको धनुषा क्षीरेश्वरनाथ नगरपालिका –१ रमदैयाकी अनिता यादव भन्छिन्।

नियम निष्ठा र विधिपूर्वक मनाइने यस क्षेत्रको साझा सांस्कृतिक पर्वको रूपमा रहेको छठका लागि आवश्यक पर्ने सामग्रीको जोहो गर्ने र किनमेल गर्ने कार्यमा सर्वसाधारण स्थानीय हाट बजारमा व्यस्त भएको देखिएका छन् ।

छठका लागि आवश्यक सामग्री किनमेलका लागि जनकपुरधामसहित मधेसका अधिकांश हाट बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।

छठ पर्व सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने गरिन्छ । जनकपुरधामको गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर अग्नीकुण्ड, रत्नसागर, बाल्मीकिसर, विहारकुण्ठ लगायतका दर्जनौँ पोखरी सरसफाई गरी बिजुली, पण्डाललगायतका व्यवस्था मिलाउन युवाहरु व्यस्त देखिन्छन् ।

महेन्द्रनगरका पुरोहित रामनारायण झाकाअनुसार यस पर्वमा धेरै सामाग्रीहरूको उपयोग हुने भएकाले यसको तयारी एक महिना अगाडिदेखि नै गर्ने चलन छ ।

झा भन्छन्, “यस पर्वमा विभिन्न जातजातिले उत्पादन गरेका सामाग्रीहरूका साथै बाँस तथा माटाका भाडा वर्तन, कृषि सामाग्रीहरूको उपयोग अत्यधिक मात्रामा हुने गरेको छ । यस पर्वमा प्रकृतिको पूजा गर्ने चलन रहेको छ ।”

डोम जातीले बनाउने बाँसका भाँडाकुँडा, कुमालेले बनाउने माटाका भाडाकुँडाबाट पूजा हुने भएकोले अहिले अधिकांश डोम समुदायलाई छठमा प्रयोग हुने बाँसका सामग्री बनाउने चटारो छ  ।

माटाको भाँडा बनाउनेको पनि दीपावली र छठमा राम्रो व्यापार हुने हुँदा भाँडा निर्माण गर्ने काममा व्यस्तता बढेको देखिन्छ  ।

संस्कृतिविद् एवं साहित्यकार रेवतीरमण लालकाअनुसार मानव जगतसहित चराचर जीवजन्तु तथा वनस्पतिलाई प्रत्यक्ष रूपमा लाभ दिने सूर्यको उपासना गर्नुका साथै जल तथा जलाशय, नदी तथा पोखरीहरूको संरक्षण गर्नु पर्ने सन्देश दिने गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register