पाकिस्तानी पत्रकारका लागि सन् २०२४ सबैभन्दा घातक वर्ष

इस्लामाबाद । फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक बताएको छ । यस वर्ष सरकार पत्रकारहरूको जीवनरक्षामा उदासिन देखिएको प्रतिवेदनमा उल्लेख छ । मिडिया अनुगमन संस्था फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ अनुसार युट्युबरसहित ६ मिडियाकर्मीको मृत्यु भएको छ । यस्तै उनीहरूविरुद्ध कानुन उल्लङ्घनका ५७ वटा मुद्दा दर्ता […]

Nov 2, 2024 - 01:27
 0
पाकिस्तानी पत्रकारका लागि सन् २०२४ सबैभन्दा घातक वर्ष

इस्लामाबाद । फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक बताएको छ । यस वर्ष सरकार पत्रकारहरूको जीवनरक्षामा उदासिन देखिएको प्रतिवेदनमा उल्लेख छ ।

मिडिया अनुगमन संस्था फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ अनुसार युट्युबरसहित ६ मिडियाकर्मीको मृत्यु भएको छ । यस्तै उनीहरूविरुद्ध कानुन उल्लङ्घनका ५७ वटा मुद्दा दर्ता गरिएका छन् ।

रिपोर्टअनुसार सन् २०२३ अक्टोबरदेखि सन् २०२४ अगस्टसम्म पाँचजना पत्रकार र डिजिटल मिडियाकर्मीको हत्या भएको छ । पत्रकारहरूमाथि हत्या प्रयासका ११ वटा घटना भएकाे रिपोर्टमा उल्लेख छ ।

‘सिन्धु संरक्षण विधेयक र सङ्घीय संरक्षण ऐन जारी गरिएको भए पनि दुवै सङ्घीय र सिन्धु सरकार यी कानुन लागू गर्न असफल रहँदा यसले पत्रकारहरूलाई असुरक्षित बनाएको छ,’ फ्रिडम नेटवर्कका कार्यकारी निर्देशक इक्बाल खत्तकले भने, ‘पत्रकार संरक्षणका विशेष कानुनहरू लागू गर्ने राजनीतिक इच्छाशक्ति र संसाधनहरूको अभावले पाकिस्तानमा पत्रकारहरूका लागि स्थिति खतरनाक बनेको छ ।’

सिन्धु सबैभन्दा बढी उल्लङ्घनहरूको सूचीमा रहेको रिपोर्टले देखाएको छ । सिन्धुमा ५७ मध्ये २१ वटा मुद्दा र तीनवटा हत्याका घटना दर्ता भएका छन् । त्यसपछि पञ्जाब र इस्लामाबाद आउँछन् । पञ्जाबमा १३ र इस्लामाबादमा १२ मुद्दा दर्ता भएका छन् । खैबर पख्तुनख्वामा सात र बलुचिस्तानमा दुई मुद्दा छन् ।

टेलिभिजन पत्रकारहरूले ३० वटा ‘उल्लङ्घन’का मुद्दा भोगेका छन् । यसमा ५३ प्रतिशत पत्रकार समावेश छन् । प्रिन्ट मिडियाले ३५ प्रतिशत र डिजिटल मिडियाले १० प्रतिशत मुद्दा भोग्नुपरेको छ । रेडियो पत्रकारहरूले ‘उल्लङ्घन’हरूविरुद्ध दुई प्रतिशत मुद्दा खेपेका छन् ।

प्रतिवेदनले महिला पत्रकारहरूविरुद्धका उल्लङ्घनका घटनाबारे पनि बोलेको छ ।

पाकिस्तानमा मिडिया स्वतन्त्रतालाई संरक्षण गर्न दण्ड मुक्तिको सामना गर्नु आवश्यक रहेको रिपोर्टले जोड दिएको छ । यहाँ हरेक महिना औसतमा ६ जना पत्रकारविरुद्ध उल्लङ्घनका मुद्दा लाग्ने गरेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register