गाजामा इजरायली आक्रमणः ५० बालबालिकासहित ८४ जनाको मृत्यु

इजरायली सेनाको आक्रमणबाट गाजामा ८४ जनाको ज्यान गएको छ । शुक्रबार राति र शनिबार बिहान भएको आक्रमणबाट मृत्यु हुनेमध्ये ५० भन्दा बढी बालबालिका रहेको गाजा सरकारले जनाएको छ । त्यस्तै लेबनानमा इजरायलले गरेको हवाई आक्रमणबाट दर्जन मानिसको मृत्यु भएको छ । यो आक्रमणलाई ‘क्रूर नरसंहार’का रूपमा वर्णन गरिएको अलजजिराको समाचारमा उल्लेख छ । यसैबीच अमेरिकाले […]

Nov 2, 2024 - 02:39
 0
गाजामा इजरायली आक्रमणः ५० बालबालिकासहित ८४ जनाको मृत्यु

इजरायली सेनाको आक्रमणबाट गाजामा ८४ जनाको ज्यान गएको छ । शुक्रबार राति र शनिबार बिहान भएको आक्रमणबाट मृत्यु हुनेमध्ये ५० भन्दा बढी बालबालिका रहेको गाजा सरकारले जनाएको छ ।

त्यस्तै लेबनानमा इजरायलले गरेको हवाई आक्रमणबाट दर्जन मानिसको मृत्यु भएको छ ।

यो आक्रमणलाई ‘क्रूर नरसंहार’का रूपमा वर्णन गरिएको अलजजिराको समाचारमा उल्लेख छ ।

यसैबीच अमेरिकाले पश्चिम एसियामा थप नौसेना, युद्धपोत, जेट, लडाकु विमान र लामो दूरीका बमवर्षक विमानजस्ता सैन्य संसाधन तैनाथ गर्ने घोषणा गरेको छ ।

यस्तै गाजामा पोलियोविरुद्धको खोप अभियानको तेस्रो चरण पुनः सुरु गरिने योजना अघि सारिएको छ । यसअघि इजरायली आक्रमण र उत्तर गाजाको जनसंख्याको ठूलो स्थानान्तरणका कारण यो अभियान रोकिएको थियो ।

सन् २०२३ को अक्टोबर ७ देखि गाजामा इजरायली आक्रमण जारी छ । यसबाट कम्तीमा ४३ हजार २५९ प्यालेस्टिनीको मृत्यु भएको छ । यस्तै १ लाख १ हजार ८२७ घाइते भएका छन् ।

हमासको नेतृत्वमा भएको आक्रमणबाट इजरायलमा १ हजार १३९ मानिस मारिएका छन् । यसैगरी २०० भन्दा बढीलाई बन्धक बनाइएको अनुमान गरिएको छ ।

शुक्रबार पनि इजरायलले गाजा र लेबनानमा आक्रमण गरेको थियो । जसबाट १४० जनाको ज्यान गएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register