अडिसनमा रिजेक्ट हुँदा मोबाइल फुटाएकी थिइन् नोराले

काठमाडौं । क्यानेडियन डान्सर नोरा फतेहीले करियरको सुरुवाती चरणमा काम पाउनका लागि धेरै चुनौतीको सामना गर्नुपरेको बताएकी छन् । नोरा भन्छिन्, ”सुरुमा मैले धेरै अस्वीकृतिको सामना गर्नुपरेको थियो, जुन मेरा लागि सहज थिएन । तर, यसपछि पनि मैले कहिल्यै हार मानिनँ र मेहनत गरिरहेँ । त्यसैको फल हो आज मैले सफलता हात पारेको छु ।” […]

Nov 2, 2024 - 05:57
 0
अडिसनमा रिजेक्ट हुँदा मोबाइल फुटाएकी थिइन् नोराले

काठमाडौं । क्यानेडियन डान्सर नोरा फतेहीले करियरको सुरुवाती चरणमा काम पाउनका लागि धेरै चुनौतीको सामना गर्नुपरेको बताएकी छन् ।

नोरा भन्छिन्, ”सुरुमा मैले धेरै अस्वीकृतिको सामना गर्नुपरेको थियो, जुन मेरा लागि सहज थिएन । तर, यसपछि पनि मैले कहिल्यै हार मानिनँ र मेहनत गरिरहेँ । त्यसैको फल हो आज मैले सफलता हात पारेको छु ।”

मेलबर्नको इन्डियन फेस्टिभलमा राजीव मसन्दसँग कुरा गर्दै नोराले भनिन्, ”मलाई याद छ, म एकपटक यशराज फिल्मको अडिसनमा गएकी थिएँ । मैले मेरो संवाद हप्तासम्म कण्ठ गरेँ । मलाई लाग्यो कि मैले राम्रो अडिसन दिएँ । तर, उहाँहरुले मलाई फोन गर्नुभएन र म त्यति राम्रो नभएको भन्दै प्रतिक्रिया दिनुभयो । यो सुनेर मैले रिसले मोबाइल फुटाएँ ।”

नोरा भन्छिन्, ”सफलता पाउनको लागि उपयुक्त समय आउँदो रहेछ । त्यो समय आएपछि सबै ढोका खुल्छ । तर, यदि मैले मेरो लागि नखुल्ने ढोकाहरू खोल्ने प्रयास गरे भने यो कुनै कामको हुनेछैन ।”

नोराले थप भनिन्, ”जसका लागि म रिजेक्ट भएँ । उनी खासै सफल भएनन् । जब ती फिल्महरू आए, तिनीहरू फ्लप भए वा धेरै खराब थिए ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register