युवा परिषद्को एक दिने नमुना कार्यकारी उपाध्यक्ष बनिन् बर्दियाकी थारु

काठमाडौँ।  अन्तर्राष्ट्रिय बालिका दिवस मनाउने सन्दर्भमा बर्दियाकी दीपशिखा थारु एक दिनका लागि गल्स टेक ओभर कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिसद्को नमुना कार्यकारी उपाध्यक्ष बनिन् ।  परिषद्को सभाहलमा आयोजित नेतृत्व हस्तान्तरण सभामा राष्ट्रिय युवा परिसद्को कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले दिप्सीकालाई एकदिनका लागि कार्यकारी उपाध्यक्ष पद हस्तान्तरण गरे ।  सोही अवसरमा दिपशिखाले हस्तान्तरण गरेको घोषणापत्र गम्भिरतापूर्वक लिएको […]

Nov 4, 2024 - 08:14
 0
 युवा परिषद्को एक दिने नमुना कार्यकारी उपाध्यक्ष बनिन् बर्दियाकी थारु

काठमाडौँ। 

अन्तर्राष्ट्रिय बालिका दिवस मनाउने सन्दर्भमा बर्दियाकी दीपशिखा थारु एक दिनका लागि गल्स टेक ओभर कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिसद्को नमुना कार्यकारी उपाध्यक्ष बनिन् । 

परिषद्को सभाहलमा आयोजित नेतृत्व हस्तान्तरण सभामा राष्ट्रिय युवा परिसद्को कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले दिप्सीकालाई एकदिनका लागि कार्यकारी उपाध्यक्ष पद हस्तान्तरण गरे । 

सोही अवसरमा दिपशिखाले हस्तान्तरण गरेको घोषणापत्र गम्भिरतापूर्वक लिएको कार्यकारी उपाध्यक्ष बस्नेतले बताए । उनले संविधानमा बालिकाहरुको अधिकारका विषय समेटिएको भएपनि व्यवहारमा कार्यान्वयन भएको छैन । तिनै तहको सरकारले आ आफ्नो ठाउँबाट किशोरीका विषयमा ध्यान दिँदै विभेदको अन्त्य गर्नुपर्छ । यस विषयमा सरकारको ध्यान पुग्छ भन्ने विश्वास गर्छु भने । 

कार्यकारी उपाध्यक्ष बस्नेतले प्रजातन्त्र प्राप्ति पछि २०४८ सालको संविधानमा ३ प्रतिशत महिलाले संविधान सभाको निर्वाचनमा भाग लिनुपर्ने भन्ने उल्लेख गरियो । यसलाई लोकतन्त्र प्राप्तिपछि ३३ प्रतिशत महिला दिनै तहको निर्वाचनमा निर्वाचित हुनुपर्ने व्यवस्थाले महिलाको अधिकार सुनिश्चित भएको छ र पुरातन बिचारमा सुधार हुँदैछ । यसकै परिणाम नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, कर्मचारीको सर्वोच्च नेतृत्व मुख्य सचिव हुनु निकै खुशीको कुरा हो । कानुनी व्यवस्थालाई निरन्तर कार्यान्वयनमा लैजान बालिका तथा युवाहरुलाई पनि राजनीतिक ज्ञान र अधिकारका विषयमा तालिम, प्रशिक्षण दिनुपर्छ । त्यसैगरि संविधानमा व्यवस्था भएका विषयमा अधिकार लिन सक्ने सक्षम बनाउने र महिला स्वयमले अधिकार लिन सक्ने हुनुपर्छ भने ।

सोही अवसरमा एकदिने नमुना कार्यकारी उपाध्यक्ष दीपशिखा थारुले खेलकुदका क्षेत्रमा कम बजेट भएको आफू ले अध्ययनका क्रममा पाएको बताइन्  । उनले ‘म्पेन अफ चेन भन्ने ग्रुपमा प्रत्येक शुक्रवार बैठक बस्ने गर्छौ र खेलकुद मन्त्रालयले किशोरी लक्षित खेलकुदमा बजेट लक्षित गर्ने बताएको जानकारी गराइन् । उनले परिषद्को नमुना कार्यकारी उपाध्यक्ष लगायतका अलग अलग पदका लागि विभिन्न संघसंस्थाले छनोट गरी  युवा परिषद्मा सिफारिस गर्ने बताइन्। उनले यो प्रतिस्पर्धामा भाग लिँदा बालबिवाह कसरी रोक्ने, महिनावारी हुँदा कसरी सुरक्षा अपनाउने, के गर्न हुन्छ, के गर्न हुँदैन, पोसिलो खानेकुरा किन आवश्यक पर्छ भन्ने सिकेको बताइन्।  

थारु भन्छिन् – समुदायमा गएर परम्परागत रुपमा घरको काम सिकाईन्छ । मेरो सिकाईका आधारमा लैंगिक विभेद् के हो र यस्को न्यूनीकरण कसरी गर्ने भन्ने बारेमा गाउँ गाउँमा सन्देश पुराउँछु । साथै किशोरी युवाहरुलाई व्यावसायिक तालिम, खेलकुदमा ध्यान दिन्छु । जनचेतनामूलक कार्यक्रम गर्छु, स्थानीय सरकारलाई किशोरीहरुका यस्ता कामका लागि बजेट छुट्टाउन ध्यानाकर्षण गराउँछु । परिषद्ले पनि ठूला साना प्रोजेक्ट ल्याउँछ र अझ सफल हुने विश्वास लिएको छु । यी सबै काम गर्न किशोरीहरूले पनि आफ्नो प्रतिभा देखाएर अगाडि बढ्नुपर्छ । 

बर्दियाकै सीमा चौधरी ब्रिटिस एम्बेसीका लागि परिषद्बाट एक दिनको उपाध्यक्ष बनिन् । उनी  ब्रिटिस एम्बेसीमा गएर किशोरी लक्षित खेलकुदका बारेमा बुझ्न पाएकोमा खुसी व्यक्त गर्छिन्  । उनी  भन्छिन् — यति ठूला निकायमा आउँने अवसर जुटाई हाम्रा कुरा सुनिदिएकोमा युवा परिषद् लगायतका सम्पूर्ण निकायप्रति खुसी छौँ  । परिषद्ले किशोरीहरुका लागि राम्रो काम गरेको छ । 

प्लान इन्टरनेशनलका क्याम्पेन एडमिनिस्टे«ट लक्ष्मी चौधरी भन्छिन् —उहाँहरूको क्षमताको कदर गर्दै सहभागीका रुपमा ल्याउँछौ । अवसर पाएकै कारण धेरै राम्रो सिकाई भएको छ । सन् २०२४ प्लान इन्टरनेशनलले ५ जिल्लाका २२ जना किशोरीहरु आएर भाग लिए । यो टेकओभरसँगै खेदकुद मन्त्री समक्ष उहाँहरू पुगेर भाग लिनुभयो र आफ्ना कुरा राख्नुभयो । अक्टुबर ११ अन्तर्राष्ट्रिय बालिका दिवस पर्छ । त्यसदिनदेखि गर्ल्स  स्टेक ओभर भन्ने अभियान सञ्चालन गर्ने गर्छौ । जसमा किशोरीहरूले एक दिनको लागि नेतृत्वदायी भूमिका निर्वाह गरेर त्यो पोजिसनमा कसरी पुग्छौ, नीति नियम, के काम गर्छौ, जिम्मेवारी के हो भन्ने बारेमा आफ्नै त्यो पदमा बसेर अनुभव गर्छन् । यो अभियान प्लान इन्टरनेशनलले विश्व व्यापी रुपमा गर्ने गर्छ ।’ 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register