रवि, छविलगायतलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । उनीसहित छविलाल जोशी, लीला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । तिहार बिदाकै बेलामा म्याद सकिएकाले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले […]

Nov 5, 2024 - 05:33
 0
रवि, छविलगायतलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

उनीसहित छविलाल जोशी, लीला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

तिहार बिदाकै बेलामा म्याद सकिएकाले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले उनीहरूलाई अदालतमा उपस्थित गराइएको हो ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र पूर्वडीआईजी जोशी पोखराको सुदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ । पछाईं र खनाल गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँग जाडिएका व्यक्ति हुन् ।

लामिछाने कुनैबेला गोरखा मिडिया प्रबन्ध निर्देशक थिए । जोशी यसका सञ्चालक हुन् । यही परिपेक्षमा उनीहरूलाई सहकारीको रकम अपचलनको आरोप लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register