प्राधिकरणको चेतावनी– मंसिर १२ भित्र बक्यौता महसुल नबुझाए फेरि लाइन काटिन्छ

डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरुले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको थियो । यता कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले बिजुलीको लाइन जोडिदिने र टीओडी मिटरका आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेको थियो ।

Nov 14, 2024 - 03:41
 0
प्राधिकरणको चेतावनी– मंसिर १२ भित्र बक्यौता महसुल नबुझाए फेरि लाइन काटिन्छ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र अर्थात मंसिर १२ सम्ममा नबुझाए फेरि बिजुलीको लाइन काट्ने चेतावनी दिएको छ ।

आज (बिहीबार) गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने चेतावनी दिएको हो ।

सूचनामा प्राधिकरणले उद्योगीहरूलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न भनेको छ । मंसिर १२ गतेभित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।

प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको स्मरण गराएको छ ।

‘सोहीअनुरुप वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टू र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिलअनुसार बक्यौता बुझाउन अनुराेध गरिन्छ,’ प्राधिकरणले भनेको छ ।

डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरुले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको थियो । यता कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले बिजुलीको लाइन जोडिदिने र टीओडी मिटरका आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेको थियो ।

कात्तिक २७ गते प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहमा बिजुलीको लाइन जोड्ने निर्णय गरेको थियो । त्यसपछि प्राधिकरणले अधिकांश उद्योगमा लाइन जोडिदिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register