गौरीघाटमा छठको तयारी (तस्वीरहरू)

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ ।

Nov 5, 2024 - 05:33
 0
गौरीघाटमा छठको तयारी (तस्वीरहरू)

काठमाडौं– बागमती नदीको गुहेश्वरीदेखि गौरीघाटसम्म छठ पूजाका लागि तयारी सुरु भएको छ । छठ पूजा समितिका अनुसार यो वर्ष यहाँ ५२९ वटा घाट बनाउने तयारी रहेको छ । जसको लागत करिब १५ लाख रुपैयाँभन्दा बढी हुनेछ ।

घाट निर्माणका लागि पशुपति क्षेत्र विकास कोषले ३ लाख र वडा कार्यालयले २ लाख ५० हजार रुपैयाँ दिएको समितिले बताएको छ । भक्तजनका लागि प्रतिघाट १ हजार ५०० रुपैयाँ सेवा शुल्क तोकिएको छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ ।

तस्वीरहरूः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register