छठ पर्वको खरना विधि गरिँदै

रौतहट । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ वर्तालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन्। कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका वर्तालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका हुन्। चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको […]

Nov 6, 2024 - 03:14
 0
छठ पर्वको खरना विधि गरिँदै

रौतहट ।

श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ वर्तालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन्। कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका वर्तालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका हुन्।

चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा खाने गर्छन्। 

आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्र दर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन्। मंगलबार (हिजो) बर्तालुले पर्वको पहिलो दिन नहाय–खाय (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन्। पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार व्रत बसेर बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई तराई, मधेशमा तथा मिथिला क्षेत्रमा सझिया घाटे भन्ने गरिएको छ। 

त्यसै गरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ दिएर पर्व समापन गर्ने चलन छ। यसलाई तराई, मधेश तथा मिथिलामा भिनहीया घाटे भनिन्छ। 

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, कसारसहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्‍याउन जाने परम्परा छ। यो पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ। 

अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा, कसारसहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ। पर्वमा अर्घ्य दिने पवित्र जलासय किनारमा आकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register