छातीमा टाँसेर ३ लाखको चाँदी ल्याउने पक्राउ 

हेटौंडा ।  करिब २५ लाख मूल्य बराबरको १४ किलो अवैध चाँदी बरामद गरेको एक साता नबित्दै हेटौंडामा प्रहरीले २ किलो १ सय ९६ ग्राम अवैध चाँदीसहित १ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार राति करिब ११ बजे प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा–१५ स्थित चेकपोइन्टमा चाँदी बरामद गरेको हो । पूर्वपश्चिम […]

Oct 28, 2024 - 12:00
 0
छातीमा टाँसेर ३ लाखको चाँदी ल्याउने पक्राउ 

हेटौंडा ।

 करिब २५ लाख मूल्य बराबरको १४ किलो अवैध चाँदी बरामद गरेको एक साता नबित्दै हेटौंडामा प्रहरीले २ किलो १ सय ९६ ग्राम अवैध चाँदीसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार राति करिब ११ बजे प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा–१५ स्थित चेकपोइन्टमा चाँदी बरामद गरेको हो । पूर्वपश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना. ६ ख ७२६२ नम्बर यात्रुबाहक बस चेक गर्ने क्रममा बसका यात्रु भारतको बिहार राज्य मधुवनी जिल्ला जेटीयाही पञ्चायत पर्जुआर टोल बस्ने वर्ष ४८ का मनोजकुमार झाको साथबाट चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।

उनको शरीर खानतलासी गर्दा छातीमा फल्सबटम बनाइ ३२ थान चाँदीका मूर्तिहरू लुकाइल्याएको अवस्थामा फेला परेको थियो । ती मूर्तिहरुको तौल गर्दा २ किलो १ सय ९६ ग्राम (बजार मूल्यअनुसार ३ लाख ६६ हजार ५ सय ४९ रुपियाँ) चाँदीका मूर्तिसहित झालाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

यसअघि बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा–२१, अमलेखगञ्जमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेका मोटरसाइकलहरु चेक गर्दा प्रहरीले करिब १४ किलो अवैध चाँदी बरामद गरेको थियो । मोटरसाइकलको ट्यांकीभित्र फल्सबटम बनाइ लुकाइएको अवस्थामा करिब २५ लाख ४ हजार ९ सय ५० रुपियाँ बराबरको चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ ।

ती विभिन्न किसिमका गरगहनाका रुपमा बरामद गरिएका हुन् । शुक्रबार बिहान करिब ८ बजे इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रवनानि त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले चाँदी बरामद गरेको बाराका नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register