हारपछि ह्यारिस समर्थकको निराशा, कुर्सी र मैदान खाली

काठमाडौँ । अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । ट्रम्पले अमेरिकी सत्तामा शानदार पुनरागमन गरेका छन् । २०२० मा जो बाइडेनसँग हारेका ट्रम्पले यस पटक भने डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका छन् । उनले अहिलेसम्म २७९ इलेक्टोरल भोट प्राप्त गरेर विजयी भएका हुन् । केही राज्यमा मत गणना अहिले पनि जारी रहेको […]

Nov 6, 2024 - 15:08
 0
हारपछि ह्यारिस समर्थकको निराशा, कुर्सी र मैदान खाली

काठमाडौँ ।

अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । ट्रम्पले अमेरिकी सत्तामा शानदार पुनरागमन गरेका छन् । २०२० मा जो बाइडेनसँग हारेका ट्रम्पले यस पटक भने डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका छन् ।

उनले अहिलेसम्म २७९ इलेक्टोरल भोट प्राप्त गरेर विजयी भएका हुन् । केही राज्यमा मत गणना अहिले पनि जारी रहेको छ । त्यस्तै ह्यारिसले भने २२३ इलेक्टोरल भोट प्रप्त गरेकी छन् ।

तर अर्कोतर्फ डेमोक्र्याट पार्टीकी उम्मेदवार कमला ह्यारिसले हार्वर्ड विश्वविद्यालयमा जम्मा भएका जनतालाई सम्बोधन गर्ने बताइएको थियो ।

चुनावी नतिजा सार्वजनिक भएपछि कमला ह्यारिसका समर्थकहरू हार्वर्ड विश्वविद्यालयबाट बाहिरिए र उनी आइनन् । जसका कारण यहाँका कुर्सीहरु खाली देखिए । हारसँगै ह्यारिसले आफ्ना समर्थकलाई सम्बोधन गरिनन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register