कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

मोरङ, २१ कात्तिक । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारीसमेत नदिई जापान जानुभएका मन्त्री अधिकारीलाई मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिन निर्देशन दिनुभएपछि उहाँले आजै मुख्यमन्त्री समक्ष राजीनामा दिनुभएको हो । मुख्यमन्त्रीले पदीय मर्यादा विपरीत र गैरकानुनी रुपमा विदेश भ्रमणमा गएको भन्दै मन्त्री [...] The post कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा appeared first on Jhapa Online.

Nov 6, 2024 - 13:46
 0
कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

मोरङ, २१ कात्तिक । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारीसमेत नदिई जापान जानुभएका मन्त्री अधिकारीलाई मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिन निर्देशन दिनुभएपछि उहाँले आजै मुख्यमन्त्री समक्ष राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्रीले पदीय मर्यादा विपरीत र गैरकानुनी रुपमा विदेश भ्रमणमा गएको भन्दै मन्त्री अधिकारीलाई पद छाड्न निर्देशन दिनुभएको थियो । वैदेशिक भ्रमणमा प्रदेश सरकार मात्र नभई संघीय सरकारले पनि अनुमति दिनुपर्ने व्यवस्था छ । तर, त्यसलाई बेवास्ता गर्दै मन्त्री अधिकारी कात्तिक १३ गते जापान प्रस्थान गर्नुभएको थियो ।

टोकियो महानगरपालिकाको कार्यक्रममा सरिक हुन आफु जापान गएको स्विकार्दै मन्त्री अधिकारीले आफु सरकारीस्तरबाट नभई व्यक्तिगत रुपमा गएको बताउनुभएको छ । विदेश प्रस्थानका लागि सबै प्रक्रिया पुरा गर्नका लागि समय नपुगेको जिकिर गर्दै उहाँले ‘क्याबिनेट निर्णय गराएर जाने समय नभएको कारण आयोजकहरूको व्यवस्थापनमा आफु जापान गएको बताउनुभएको छ ।

टोकियो महानगरपालिकाको कार्यक्रममा गएको भनिए पनि कार्यक्रम नभएको र उहाँ १७ गते स्वदेश फर्कनुभएको थियो । २०७९ भदौ २३ गते संघीय सरकार मन्त्रिपरिषद्को कार्यालयले सबै प्रदेशका मुख्यमन्त्रीको कार्यालयलाई पत्राचार गर्दै मन्त्री तथा कर्मचारीको विदेश भ्रमणलाई कडाइ गरेको थियो ।

त्यसबेला गरिएको पत्राचारमा ‘वैदेशिक भ्रमणका लागि प्रदेशका पदाधिकारी र कर्मचारी मनोनयन गर्नुपूर्व ‘प्रदेश तथा स्थानीय तहले विदेशी सरकार, नियोग, प्रतिनिधि र अन्तर्राष्ट्रिय संघरसंस्थासँग सम्पर्क गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि सम्बन्धी निर्देशिका, २०७६’ को दफा ५ को उपदफा (१) र (२) बमोजिम परराष्ट्र मन्त्रालयको सहमति लिने र सहमति प्राप्त भएपछि मात्र निर्देशिकाको दफा ६ को उपदफा (३) बमोजिम मनोनयन गर्ने,’ उल्लेख छ ।

The post कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register