इजरायली बमबारीमा १६ प्यालेस्टिनीको मृत्यु

एजेन्सी ।  इजरायली सेनाले उत्तरी गाजा पट्टीका क्षेत्रमा बमबारी गर्दा १६ प्यालेस्टिनीको मृत्यु हुनुका साथै धेरै जना घाइते भएका छन् । बेत लाहियाको अल खजान छिमेकमा विस्थापित मानिसहरूलाई आश्रय दिने आवासीय संरचनामा इजरायली बमबारीमा १५ प्यालेस्टिनी मारिएको र अरू घाइते भएका मेडिकल स्रोतले जनाएको छ । लगातार इजरायली हवाई आक्रमण, विस्फोटका कारण दर्जनौँ मृतक र […]

Nov 6, 2024 - 16:57
 0
इजरायली बमबारीमा १६ प्यालेस्टिनीको मृत्यु

एजेन्सी ।  इजरायली सेनाले उत्तरी गाजा पट्टीका क्षेत्रमा बमबारी गर्दा १६ प्यालेस्टिनीको मृत्यु हुनुका साथै धेरै जना घाइते भएका छन् ।

बेत लाहियाको अल खजान छिमेकमा विस्थापित मानिसहरूलाई आश्रय दिने आवासीय संरचनामा इजरायली बमबारीमा १५ प्यालेस्टिनी मारिएको र अरू घाइते भएका मेडिकल स्रोतले जनाएको छ ।

लगातार इजरायली हवाई आक्रमण, विस्फोटका कारण दर्जनौँ मृतक र घाइते अझै बेत लाहियामा भग्नावशेषमुनि दबिएका छन् ।

यसैबीच, जबलिया अल नाजलाको हलिमा अल सादिया स्कुलको परिधिमा इजरायली ड्रोन आक्रमणमा दुई दिनअघि घाइते भएका प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायली सेनाले अल सफ्तावीमा आवासीय संरचना र ब्लकहरूमा गोलाबारी तीव्र पारेको छ । जबलिया शिविरका साथै बेत लाहिया सहरमा विस्फोटका आवाज सुनिएको थियो ।

बिहान सबेरै इजरायली सेनाका सशस्त्र गाडीहरू बेत लाहियाको पश्चिममा अल–साइमा क्षेत्रमा प्रवेश गरे र जबलिया शिविरको पश्चिममा रहेको अल–फखौरा स्कूलतर्फ अघि बढेको थियो । चुनौतीपूर्ण मानवीय अवस्था र बासिन्दाहरूलाई विस्थापित गर्ने प्रयासका बीच सेनाले उत्तरी गाजा पट्टीको ३२औँ दिनका लागि आफ्नो घेराबन्दी जारी राखेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register