०८४ मा कांग्रेसले कोहीसँग गठबन्धन गर्दैन : श्रेष्ठ

स्याङ्जा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली काँग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताएका छन् । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज यहाँको वालिङमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अब हुने सबै निर्वाचनमा नेपाली काँग्रेस गठबन्धन बिना प्रतिस्पर्धामा उत्रने बताएका हुन् । त्यसका लागि […]

Nov 6, 2024 - 15:20
 0
०८४ मा कांग्रेसले कोहीसँग गठबन्धन गर्दैन : श्रेष्ठ

स्याङ्जा।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली काँग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताएका छन् । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज यहाँको वालिङमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अब हुने सबै निर्वाचनमा नेपाली काँग्रेस गठबन्धन बिना प्रतिस्पर्धामा उत्रने बताएका हुन् । त्यसका लागि तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।

“काँग्रेसले निर्वाचनका बेला कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन”, उनले भने, “निर्वाचन सम्पन्न भइसकेपछि भने सरकार निर्माण प्रक्रियामा अन्य पार्टीसँग गठबन्धन हुनसक्छ ।” पार्टीभित्र देखिएको गुटबन्दीलाई जरैदेखि अन्त्य गर्दै अब नेता कार्यकर्ता एकजुट भई सङ्गठन बलियो बनाउनतर्फ लाग्नुपर्ने बेला आएको उनले बताए।

श्रेष्ठले पार्टीभित्र अनुशासनको डण्डालाई दह्रो बनाउनुपर्ने बताएका छन् । बुधबार स्याङ्जा आएका श्रेष्ठले पार्टीभित्र अनुशासनको डण्डालाई दह्रो बनाउनुपर्ने बताएका हुन् । उनले अनुशासनको डण्डालाई दह्रो बनाउन सके आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने बताए । उनले कार्यकर्ताहरुलाई अनुशासनमा राख्न नसकेर विद्रोह र अन्तर्घात गर्नेहरुलाई काखी च्यापेमा त्यसले राम्रो परिणाम दिन नसक्ने बताए ।

उनले भने, ‘हामीले पहिल्यै गठबन्धन गर्नुपर्छ भनेर खुट्टा कमाउनु परेको छैन । हामी संगठित हौँ । हाम्रो पार्टीलाई अनुशासनमा राख्न सकौँ । अनुशासनको डण्डालाई दह्रो बनाउन सक्यो भने हामी ठुलो पार्टी मात्रै होइन बहुमत ल्याउन सक्ने पार्टी बनाउन सक्छौँ । जब साथीहरुलाई अनुशासनमा राख्न सक्दैनौँ । साथीहरुलाई अनुशासनमा राख्न नसकेर विद्रोह गर्ने साथीहरुलाई, अन्तर्घात गर्ने साथीहरुलाई जब काखी च्याप्छौँ । काखी च्यापेपछि त्यसको परिणाम यस्तै भोग्नुपर्छ । त्यसले गर्दा हामी एक भएर अगाडी बढौँ । राम्रोसँग संगठन गरेर अगाडी बढ्यौँ भने आगामी ०८४ मा कसैसँग मिल्नु पर्दैन । कसैसँग सम्झौता गर्नुपर्दैन । पार्टीमा न्याय गर्ने पद्धति हुनुप¥यो ।’

पार्टी संगठन राम्रो बनाएमा ०८४ सालमा कसैसँग मिल्नु नपर्ने उनको भनाई छ । श्रेष्ठले कांग्रेसले ०८४ को चुनावमा नयाँ पुराना कोहीसँग पनि गठबन्धन नगर्ने बताएका हुन् । उनले पार्टीभित्र एकतावद्ध भएर अघि बढ्न सकेको अवस्थामा कसैले कांग्रेसलाई चुनौती दिनै नसक्ने दाबी गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register