बुधबार १.८८ अंकले घट्यो नेप्से, ५ अर्ब २२ करोडमाथिको कारोबार

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २० कम्पनीको एक करोड १६ लाख ८ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार […]

Nov 6, 2024 - 09:33
 0
बुधबार १.८८ अंकले घट्यो नेप्से, ५ अर्ब २२ करोडमाथिको कारोबार

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २० कम्पनीको एक करोड १६ लाख ८ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ । यस कम्पनीको ३५ करोड ३८ लाख ३९ हजार २ सय ६८. ७० रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से सूचक घटेपनि बुधबारको बजारमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।  यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register