टिकटक नेपालमा आधिकारिक रूपमा सूचीकृत

काठमाडौँ। सामाजिक सञ्जाल टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा सूचीकृत भएको छ । तिहारअघि नै प्रक्रिया पूरा भइसकेको भए पनि मङ्गलबार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको प्रमाणपत्र लिएको हो । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, ‘‘टिकटक औपचारिकरूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएको छ । टिकटकले करदाता नम्बर र […]

Nov 6, 2024 - 10:20
 0
टिकटक नेपालमा आधिकारिक रूपमा सूचीकृत

काठमाडौँ।

सामाजिक सञ्जाल टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा सूचीकृत भएको छ ।

तिहारअघि नै प्रक्रिया पूरा भइसकेको भए पनि मङ्गलबार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको प्रमाणपत्र लिएको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, ‘‘टिकटक औपचारिकरूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएको छ । टिकटकले करदाता नम्बर र प्यान नम्बर पनि लिएको छ ।’’

नेपालमा सूचीकृत भएसँगै साइबर अपराधको अनुसन्धानमा उक्त कम्पनीले सघाउने प्रतिबद्धता जनाएको छ । यति मात्रै नभएर नेपालको कानुन तथा सर्त मान्न तयार भएको, पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि २०८१ भदौ ६ मा मन्त्रिपरिषद् बैठकले सर्तसहित टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो । त्यसपछि सरकार र टिकटकबिच वार्ता भएर २०८१ भदौ १९ देखि प्रतिबन्ध हटेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register