नेपालबाट भारतमा एक अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको चिया निर्यात

झापा, २२ कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट भारतमा चिया निर्यात ३० प्रतिशतभन्दा धेरैले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउन, भदौ र असोजमा गरी ६२ लाख ६१ हजार किलोभन्दा धेरै सीटीसी चिया निर्यात हुँदा एक अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै आम्दानी भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ४७ लाख [...] The post नेपालबाट भारतमा एक अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको चिया निर्यात appeared first on Jhapa Online.

Nov 7, 2024 - 04:16
 0
नेपालबाट भारतमा एक अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको चिया निर्यात

झापा, २२ कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट भारतमा चिया निर्यात ३० प्रतिशतभन्दा धेरैले बढेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउन, भदौ र असोजमा गरी ६२ लाख ६१ हजार किलोभन्दा धेरै सीटीसी चिया निर्यात हुँदा एक अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै आम्दानी भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ४७ लाख किलोभन्दा केही बढी सीटीसी चिया भारतमा निर्यात गर्दा एक अर्ब १० करोड रुपैयाँ आम्दानी भएको थियो ।

यस वर्ष चियाको भाउ बढेका कारण निर्यात ३० प्रतिशतले बढ्दा आम्दानी झन्डै ५० प्रतिशतले बढेको छ । भारतमा चिया उत्पादन घटेकाले नेपाली चियाको माग र भाउ दुवै बढेको चिया सहकारी सङ्घ लिमिटेड नेपालका अध्यक्ष हर्कबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष किलोको ९० देखि एक सय रुपैयाँमा निर्यात गरेको चियाले यस वर्ष एक सय ६० देखि एक सय ६५ रुपैयाँ भाउ पाएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार नेपालमा झन्डै २४ हजार हेक्टरमा चिया खेती हुने गरेको छ । सीटीसी, अर्थर्डक्स र ग्रीन टीसहित नेपालमा वर्षेनि दुई करोड किलोभन्दा धेरै चिया उत्पादन हुन्छ । अघिल्ला वर्षहरूमा भारतमा आयातमा कडाइ गर्दा बिक्री गर्न समस्या हुने गरेकोमा यस वर्ष भारतमा उत्पादन घटेर माग बढ्दा नेपालबाट बिक्रीसँगै भाउ पनि बढेको छ ।

The post नेपालबाट भारतमा एक अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको चिया निर्यात appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register