सञ्चालनमा आएको एक महिना नबित्दै थन्कियो इटहरीको नगर बस

झापा, २२ कात्तिक । सञ्चालनमा आएको एक महिना नबित्दै इटहरी उपमहानगरपालिकाको एउटा नगर बस थन्किएको छ । १ करोड ५९ लाखमा खरिद गरिएको सो विद्युतीय नगर बस दुर्घटनामा परेको एक महिना हुन लाग्दासमेत मर्मत हुन सकेको छैन । म्याजिक भ्यानले ठक्कर दिएर चालक सिटतर्फको सिसा र लुकिङ ग्लास फुटेपछि बस उपमहानगर कार्यालय परिसरमै थन्किएको हो [...] The post सञ्चालनमा आएको एक महिना नबित्दै थन्कियो इटहरीको नगर बस appeared first on Jhapa Online.

Nov 7, 2024 - 04:22
 0
सञ्चालनमा आएको एक महिना नबित्दै थन्कियो इटहरीको नगर बस

झापा, २२ कात्तिक । सञ्चालनमा आएको एक महिना नबित्दै इटहरी उपमहानगरपालिकाको एउटा नगर बस थन्किएको छ ।

१ करोड ५९ लाखमा खरिद गरिएको सो विद्युतीय नगर बस दुर्घटनामा परेको एक महिना हुन लाग्दासमेत मर्मत हुन सकेको छैन । म्याजिक भ्यानले ठक्कर दिएर चालक सिटतर्फको सिसा र लुकिङ ग्लास फुटेपछि बस उपमहानगर कार्यालय परिसरमै थन्किएको हो ।

इटहरीको बजारलाई गाउँसम्म जोड्ने नीतिका साथ खरिद गरिएको सो विद्युतीय बसको मर्मतको सामान मगाउन समस्या भएपछि सञ्चालनमा आउने टुंगो नभएको उपमहानगर स्रोतले जनाएको छ ।

असोज २५ गते इटहरी पश्चिमतर्फ कान्छी चोकबाट पटेरुवा जाँदै गरेको प्रदेश १–०२–००१ क ५३४२ नम्बरको सो बस दुर्घटनामा परेको हो । पकली चोकमा रोकी राखेको बसलाई सामान बोक्ने भ्यानले ठक्कर दिएको थियो ।

बस दुर्घटना पछि इलाका प्रहरी कार्यालय पकलीमा म्याजिक भ्यानका चालक विक्रम ठाकुरविरुद्ध बस चालक धनबहादुर नेवारले उजुरी दिएका थिए ।

प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाएर गाडी मर्मतको जिम्मा सवारी धनीले लिने गरी मिलापत्र गराएको छ । म्याजिक भ्यानका धनी गौतमप्रसाद चौधरीले सिसा फेर्ने जिम्मा लिए पनि तत्काल नभेटिएकाले समय लागेको जानकारी दिए ।

The post सञ्चालनमा आएको एक महिना नबित्दै थन्कियो इटहरीको नगर बस appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register