यू–१९ महिला टी–२० विश्वकप : कुवेतविरुद्व पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गरिरहेको छ । यूएईको द सेभेन क्रिकेट रङ्गशालामा जारी आजको खेलमा नेपालले टस जितेर कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी खेलमा नेपालले १५ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९८ रन बनाएको छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा […]

Nov 7, 2024 - 06:39
 0
यू–१९ महिला टी–२० विश्वकप : कुवेतविरुद्व पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गरिरहेको छ ।

यूएईको द सेभेन क्रिकेट रङ्गशालामा जारी आजको खेलमा नेपालले टस जितेर कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

जारी खेलमा नेपालले १५ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९८ रन बनाएको छ ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो । बुधबारको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

कुवेत र यूएईबीच भएको पहिलो खेलमा युएईले एक सय छ रनको अन्तरले कुवेतलाई हराएको थियो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ ।

विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register