चितवनमा सवारी दुर्घटनाः पाँच जनाको मृत्यु

झापा, २३ कात्तिक । चितवनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । नारायणगढ मुग्लिन सडक खण्डको १७ किलो भन्ने स्थानमा आज बिहान ३ बजेतिर माइक्रोबस र बस ठोक्किएको थियो । मुग्लिङबाट नारायणगढ जाँदै गरेको बाप्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै [...] The post चितवनमा सवारी दुर्घटनाः पाँच जनाको मृत्यु appeared first on Jhapa Online.

Nov 8, 2024 - 02:04
 0
चितवनमा सवारी दुर्घटनाः पाँच जनाको मृत्यु

झापा, २३ कात्तिक । चितवनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । नारायणगढ मुग्लिन सडक खण्डको १७ किलो भन्ने स्थानमा आज बिहान ३ बजेतिर माइक्रोबस र बस ठोक्किएको थियो । मुग्लिङबाट नारायणगढ जाँदै गरेको बाप्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको थियो ।

माइक्रोका चालक अन्दाजी ४० वर्षीय पुरूष, उक्त गाडीमा सवार गोरखा आरूघाट गाउँपालिका–१ मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरूङ, अन्दाजी ४० वर्षीया महिला, ३२ वर्षीया पुरूष र ३५ वर्षीय पुरूषको मृत्यु भएको छ।

The post चितवनमा सवारी दुर्घटनाः पाँच जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register