ट्रम्पले भने – पुटिनसँग वार्ता गर्न तयार छु

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । “मलाई लाग्छ हामी वार्ता गर्नेछौं,” ट्रम्पले एनबीसी न्यूजसँगको कुराकानीमा भने । रुसी समाचार एजेन्सी टासकाअनुसार ट्रम्पले कुराकानीमा रुसी राष्ट्रपति पुटिनसँग आफूले अहिलेसम्म वार्ता नगरेको तर, अब वार्ताको सम्भावनालाई  अस्वीकार गर्दैनन् पनि । ट्रम्पले अहिलेसम्म युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की […]

Nov 8, 2024 - 05:21
 0
ट्रम्पले भने – पुटिनसँग वार्ता गर्न तयार छु

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

“मलाई लाग्छ हामी वार्ता गर्नेछौं,” ट्रम्पले एनबीसी न्यूजसँगको कुराकानीमा भने ।

रुसी समाचार एजेन्सी टासकाअनुसार ट्रम्पले कुराकानीमा रुसी राष्ट्रपति पुटिनसँग आफूले अहिलेसम्म वार्ता नगरेको तर, अब वार्ताको सम्भावनालाई  अस्वीकार गर्दैनन् पनि ।

ट्रम्पले अहिलेसम्म युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुलगायत विश्वभरका ७० नेताहरूसँग कुरा गरिसकेका छन् ।

ट्रम्पले आफू र बाइडनले चाँडै नै सँगै डिनर गर्ने सहमति भएको पनि बताए ।

सन् २०१६ मा पनि राष्ट्रपति चुनावमा ट्रम्पको अभियानलाई बढावा दिन रुसी हस्तक्षेपको आरोप लागेको थियो । तर, रुसले पनि त्यस्ता सबै आरोप अस्वीकार गरेको छ ।

अमेरिकी विशेष सल्लाहकार रोबर्ट मुलरले सन् २०१६ मा ट्रम्प अभियान र रूसबीचको साँठगाँठको आरोपको अनुसन्धान गरेका थिए तर, तीन वर्षपछि एक रिपोर्टमा उनले षड्यन्त्रको कुनै प्रमाण फेला नपरेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register