मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन हुँदै

केदार श्रेष्ठको परिकल्पना, लेखन र निर्देशनमा तयार गरिएको नाटकले दर्शकलाई मन र मस्तिष्क दुवैमा प्रभाव पार्न सफल हुने विश्वास गरिएको छ

Nov 8, 2024 - 05:39
 0
मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन हुँदै

काठमाडौँ। मण्डला थिएटरले नयाँ नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन गर्ने भएको छ। दम्पतीको सन्तान प्राप्तिको उत्कट चाहना र त्यससँगै आउँदा जटिलतामा आधारित नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ ले मानव जीवनका संवेदना, सहअस्तित्व र प्रेमको कथा प्रस्तुत गरेको छ।

केदार श्रेष्ठको परिकल्पना, लेखन र निर्देशनमा तयार गरिएको नाटकले दर्शकलाई मन र मस्तिष्क दुवैमा प्रभाव पार्न सफल हुने विश्वास गरिएको छ।

कलाकारहरू मेनुका प्रधान र कार्म शाक्य द्वारा अभिनीत नाटक यही कार्तिक २४ गतेदेखि मङ्सिर १६ गतेसम्म मञ्चन हुदैछ।

मण्डला थिएटरले घोषणा गरेका सात नाटकमध्येको यो एक हो। यसअघि प्रवीण खतिवडा निर्देशित ‘अन्धवेग’ र अनिल सुब्बा निर्देशित ‘मेषीदण्ड’ नाटक मञ्चन भइसकेको छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register