ट्रम्पको जितले बढ्यो अर्बपतिको सम्पत्ति, कसको कति ?

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएसँगै अर्बपतिहरुको सम्पत्ति झनै बढेको छ । ब्लुमबर्गकाअनुसार विश्वका १० सर्वाधिक धनी व्यक्तिहरूको सम्पत्ति ६४ अर्ब डलरले बढेको छ । जसमा अर्बपतिहरु इलोन मस्क, जेफ बेजोस, ल्यारी एलिसन, बिल गेट्स, स्टिभ बालमर, ल्यारी पेज, सर्गेइ ब्रिनलगायत छन् । सबैभन्दा धेरै मस्कको सम्पत्ति बढेको छ । […]

Nov 8, 2024 - 07:39
 0
ट्रम्पको जितले बढ्यो अर्बपतिको सम्पत्ति, कसको कति ?

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएसँगै अर्बपतिहरुको सम्पत्ति झनै बढेको छ ।

ब्लुमबर्गकाअनुसार विश्वका १० सर्वाधिक धनी व्यक्तिहरूको सम्पत्ति ६४ अर्ब डलरले बढेको छ । जसमा अर्बपतिहरु इलोन मस्क, जेफ बेजोस, ल्यारी एलिसन, बिल गेट्स, स्टिभ बालमर, ल्यारी पेज, सर्गेइ ब्रिनलगायत छन् ।

सबैभन्दा धेरै मस्कको सम्पत्ति बढेको छ । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सकाअनुसार मस्कको सम्पत्ति बुधबार साढे २६ अर्ब डलरले बढेर २९० अर्ब डलर पुगेको थियो ।

अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति ७.१ अर्ब डलरले वृद्धि भएको छ ।

डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसको समर्थनमा ‘द वासिङटन पोस्ट’ ले प्रकाशित गर्न लागेको सम्पादकीय रोकेका बेजोसलाई ट्रम्पको जितले फाइदा पुर्‍याएको छ । उनको सम्पत्ति बढेर २२८ अर्ब डलर पुगेको छ ।

क्लाउड एप्लिकेस तथा क्लाउड प्लाटफर्म सेवा प्रदायक ओर्‍याकलका सहसंस्थापक ल्यारी एलिसनको सम्पत्ति पनि बुधबारयता ९.८ अर्ब डलर बढेर १९३ अर्ब डलर पुगेको छ ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स र माइक्रोसफ्टै पूर्वकार्यकारी स्टिभ बालमरको सम्पत्ति पनि चुनावपश्चात राम्रै वृद्धि भएको छ । बिल गेट्सको नेट वर्थ १.८ अर्ब डलरले बढेर १५९ अर्ब डलर र बालमरको सम्पत्ति १४६ अर्ब डलर पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register