पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्न मानव तस्करीमा मुछिएका अधिकारीको माग

काठमाडौं । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पार्टीका सबै पदबाट मुक्त गर्नका लागि निवेदन दिएका छन् । आफूलाई सबै पदबाट मुक्त गर्नका लागि अधिकारीले निवेदन दिएको एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । “प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो, त्यसको जवाफ र जिम्मेवारी मुक्त गर्न एकैसाथ निवेदन […]

Nov 9, 2024 - 01:51
 0
पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्न मानव तस्करीमा मुछिएका अधिकारीको माग

काठमाडौं । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पार्टीका सबै पदबाट मुक्त गर्नका लागि निवेदन दिएका छन् ।

आफूलाई सबै पदबाट मुक्त गर्नका लागि अधिकारीले निवेदन दिएको एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

“प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो, त्यसको जवाफ र जिम्मेवारी मुक्त गर्न एकैसाथ निवेदन दिनुभएको छ । उहाँले दिएको निवेदनमाथि पार्टीमा छलफल गरेर निर्णय हुन्छ,” अध्यक्ष खतिवडाले भने ।

अधिकारीमाथि नक्कली कागजपत्र बनाएर तीन जनालाई जापान लगेको आरोप छ । उनी कात्तिक दोस्रो साता एक कार्यक्रमका लागि जापान गएपनि त्यहाँको अध्यागमन विभागले फिर्ता गरेको थियो ।

अधिकारीसँगै जापान गएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूले प्रहरीलाई अधिकारीलाई १० देखि १२ लाखसम्म रकम दिएको बयान दिएका छन् ।

विवाद भएपछि अधिकारीले गत २० गते नै राजीनामा दिइसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register