पाथीभरामा केबुलकार निर्माण विवादमा प्रहरीसहित ६ जना घाइते

झापा, २४ कात्तिक । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयमा झडप हुँदा शुक्रबार प्रहरीसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा फुङ्लिङ नगरपालिका–४ का ४५ वर्षीय चन्द्र मादेन, सोही ठाउँका ४० वर्षीय दामोदर अधिकारी, मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका २६ वर्षीय कुमार शेर्पा, फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकका ४१ वर्षीय अर्जुन लिम्बू छन् । झडपकै क्रममा सशस्त्र प्रहरी [...] The post पाथीभरामा केबुलकार निर्माण विवादमा प्रहरीसहित ६ जना घाइते appeared first on Jhapa Online.

Nov 9, 2024 - 03:52
 0
पाथीभरामा केबुलकार निर्माण विवादमा प्रहरीसहित ६ जना घाइते

झापा, २४ कात्तिक । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयमा झडप हुँदा शुक्रबार प्रहरीसहित ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा फुङ्लिङ नगरपालिका–४ का ४५ वर्षीय चन्द्र मादेन, सोही ठाउँका ४० वर्षीय दामोदर अधिकारी, मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका २६ वर्षीय कुमार शेर्पा, फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकका ४१ वर्षीय अर्जुन लिम्बू छन् ।

झडपकै क्रममा सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र्र ओली र प्रहरी सहायक हवल्दार अभिनास माझी पनि सामान्य घाइते भएका छन् । घाइतेमध्ये मादेनको जिल्ला अस्पताल ताप्लेजुङमा तथा अधिकारी र शेर्पाको स्थानीय तमोर अस्पतालमा उपचार भइरहेको छ ।

केबुलकार परियोजना निर्माणको जिम्मेवारी पाएको हिमालयन कन्स्ट्रकसन प्रालिले निर्माणस्थल पाथीभरा क्षेत्रको काफ्लेपाटीमा एक्साभेटर लैजाने क्रममा झडप भएको हो । सुरुमा केबुलकार पक्ष र विपक्षबिच झडप हुनसक्ने भन्दै प्रहरीले एक्साभेटरको चाबी नियन्त्रणमा लिएको थियो । प्रहरीले एक्साभेटरको चाबी नियन्त्रणमा लिएपछि परियोजना पक्षका जनशक्ति उत्तेजित हुँदा झडप भएको स्थानीय बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको निर्देशनअनुसार चाबी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले चाबी नियन्त्रणमा लिएको कारण झडप भएको बताए ।

पाथीभरा क्षेत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबुलकार प्रालिले परियोजना निर्माण गर्न लागेको हो । केबुलकार परियोजना निर्माण गर्न लागेपछि परियोजनाविरुद्ध मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति र केबुलकार खारेजी सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको छ ।

The post पाथीभरामा केबुलकार निर्माण विवादमा प्रहरीसहित ६ जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register