अग्रता जोगाउन नसक्दा सिटी ब्राइटनसँग स्तब्ध

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी अग्रता जोगाउन नसक्दा ब्राइटन एन्ड होभ अल्बियनसँग स्तब्ध बनेको छ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा सिटी तुलनात्मक सानो टोली ब्राइटनसँग २–१ गोलअन्तरले पराजित भएको हो । ब्राइटनको मैदानमा भएको खेलमा अर्लिङ हालान्डले २३औं मिनेटमा नै गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको […]

Nov 10, 2024 - 03:03
 0
अग्रता जोगाउन नसक्दा सिटी ब्राइटनसँग स्तब्ध

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी अग्रता जोगाउन नसक्दा ब्राइटन एन्ड होभ अल्बियनसँग स्तब्ध बनेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा सिटी तुलनात्मक सानो टोली ब्राइटनसँग २–१ गोलअन्तरले पराजित भएको हो ।

ब्राइटनको मैदानमा भएको खेलमा अर्लिङ हालान्डले २३औं मिनेटमा नै गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्तिम १२ मिनेटमा ब्राइटनले दुई गोल गर्यो । ब्राइटनका लागि दुवै गोल वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका खेलाडीले गरेका थिए ।

खेलको ७८औं मिनेटमा जाओ पेड्रोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । पेड्रोकै पासमा म्याट ओ’रिलेले गोल गर्दा ब्राइटनलाई पुनरागमन जित निकाल्न सफल भएको हो ।

पछिल्लो समय लय गुमाइरहेको सिटीको प्रिमियर लिगमा यो लगातार दोस्रो हार हो । सिटी यसअघि बर्नमाउथसँग पराजित भएको थियो । पछिल्लो समय सिटीले लय गुमाइरहेको छ । च्याम्पियन्स लिगमा पनि पोर्चुगिज क्लब सिटी स्पोर्टिङसँग पराजित भएको थियो ।

जितपछि ब्राइटन ११ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट २३ अंक रहेको सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी घटाउने अवसर गुमाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register