विदेश पठाइदिने बहानामा ठगी : दुईजना पक्राउ

काठमाडौं । विदेश पठाइदिने बहानामा ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा यूएईको दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरुङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ परेका हुन् । दुबई पठाइदिन्छु भन्दै गुरुङले तीनजना पीडितबाट […]

Nov 10, 2024 - 04:09
 0
विदेश पठाइदिने बहानामा ठगी : दुईजना पक्राउ

काठमाडौं । विदेश पठाइदिने बहानामा ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा यूएईको दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरुङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ परेका हुन् ।

दुबई पठाइदिन्छु भन्दै गुरुङले तीनजना पीडितबाट रु १९ लाख ७० हजार र पराजुलीले रु आठ लाख १७ हजार ठगेका थिए । अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register