नगद अनुदानका लागि ९० करोड विनियोजन,पोखरा र अमलेखगन्जमा इन्धन भन्डारण गृह बनाइने

May 29, 2023 - 11:15
 0
नगद अनुदानका लागि ९० करोड विनियोजन,पोखरा र अमलेखगन्जमा इन्धन भन्डारण गृह बनाइने
नगद अनुदानका लागि ९० करोड विनियोजन,पोखरा र अमलेखगन्जमा इन्धन भन्डारण गृह बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष विभिन्न वस्तुमा नगद अनुदान दिन ९० करोड रुपैयाँ विनियोजन गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत हाल नगद अनुदान दिँदै आएको बस्तुलाई निरन्तरता दिन यस्तो बजेट विनियोजन गरिएको बताउनुभयाे ।

निर्यातमा दिइने नगद अनुदान तीन महिनामा भुक्तानी हुने व्यवस्था गरिएको मन्त्री महतले बताउनुभयाे ।  सरकारले हाल ३६ प्रकारका वस्तुमा नगद अनुदान दिँदै आएको छ ।

त्यस्तै, सरकारले कास्कीको पोखरामा हवाई इन्धन भन्डारण गृह स्थापना गर्ने भएको छ । बाराको अमलेखगन्जमा थप दुई इन्धन भण्डार गृह स्थापना गरिने अर्थमन्त्री महतले बताउनुभयाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1