राष्ट्रपतिको अजरबैजान भ्रमणमा परराष्ट्रमन्त्री सहभागी नहुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमणमा परराष्ट्रमन्त्री आरजु राणा सहभागी नहुने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका कारण परराष्ट्रमन्त्री राणा अजरबैजान नजाने भएकी हुन् । राष्ट्रपति पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन आज (आइतबार) त्यसतर्फ प्रस्थान गर्दैछन् । यता […]

Nov 10, 2024 - 06:45
 0
राष्ट्रपतिको अजरबैजान भ्रमणमा परराष्ट्रमन्त्री सहभागी नहुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमणमा परराष्ट्रमन्त्री आरजु राणा सहभागी नहुने भएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका कारण परराष्ट्रमन्त्री राणा अजरबैजान नजाने भएकी हुन् ।

राष्ट्रपति पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन आज (आइतबार) त्यसतर्फ प्रस्थान गर्दैछन् ।

यता प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले आगामी डिसेम्बर २ देखि ६ सम्मको भ्रमण मिति राखेर औपचारिक निम्तो पठाएका छन् । यो भ्रमणमा परराष्ट्रमन्त्री राणा सहभागी हुनु पर्नेछ । यसैको तयारीका लागि उनी अजरबैजान नजाने स्राेतले जनाएकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register