इजरायलले गर्‍यो सिरियाका १५ वटा नौसैनिक जहाजमाथि आक्रमण

काठमाडौं । इजरायलले सिरियाका नौसैनिक जहाजमाथि आक्रमण गरेको छ । यसको पुष्टि इजरायली सेनाले गरेको हो । साेमबार राति अल–बायदा र लताकिया बन्दरगाहमा रहेका १५ वटा नौसैनिक जहाजमाथि आक्रमण गरिएको बीबीसीकाे समाचारमा उल्लेख छ । सिरियाली सैन्य तागतलाई कमजोर बनाउन उक्त आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ । बीबीसीले देखाएको भिडिओमा जहाज र बन्दरगाहका केही […]

Dec 11, 2024 - 02:07
 0
इजरायलले गर्‍यो सिरियाका १५ वटा नौसैनिक जहाजमाथि आक्रमण

काठमाडौं । इजरायलले सिरियाका नौसैनिक जहाजमाथि आक्रमण गरेको छ । यसको पुष्टि इजरायली सेनाले गरेको हो ।

साेमबार राति अल–बायदा र लताकिया बन्दरगाहमा रहेका १५ वटा नौसैनिक जहाजमाथि आक्रमण गरिएको बीबीसीकाे समाचारमा उल्लेख छ । सिरियाली सैन्य तागतलाई कमजोर बनाउन उक्त आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ ।

बीबीसीले देखाएको भिडिओमा जहाज र बन्दरगाहका केही भागहरूमा ठूलो क्षति देखिएको छ।

सिरियामा ३१० भन्दा बढी स्थानमा हमला गरेको इजरायली सेनाले जनाएको छ ।

बशर अल–असद अपदस्थ भएपछि इजरायलले सिरियामा ३१० भन्दा बढी हवाई हमलाहरू गरेको बेलायतस्थित सिरियन अब्सर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले पनि जनाएको छ ।

इजरायली रक्षा मन्त्री इस्राइल कात्ज़ले असदको सत्ता गएको मौका पारेर सिरियालाई कमजोर बनाउन आक्रमण गरिएको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register