नेप्सेमा ६२.५४ अंकको बढोत्तरी, ९ अर्ब ७७ करोडमाथिको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजारमा हरियाली देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ६२. ५४ अंकले बढेर २७३८.०६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ […]

Nov 10, 2024 - 09:28
 0
नेप्सेमा ६२.५४ अंकको बढोत्तरी, ९ अर्ब ७७ करोडमाथिको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजारमा हरियाली देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ६२. ५४ अंकले बढेर २७३८.०६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज नेप्से सूचकमा बढोत्तरी हुँदा सबै सूचकमा हरियाली छाएको छ ।

आइतबार सबैभन्दा धेरै कारोबार सानिमा जीआइसी इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३८ करोड ४ लाख ३७ हजार ८ सय ३१ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, आज गुराँस लघुवित्त वित्तीय संस्था सहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सानिमा ग्रोथ फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register