कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो (तस्विरहरु)

काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो । नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही कात्तिक १४ गते […]

Nov 10, 2024 - 10:28
 0
कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो (तस्विरहरु)

काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो ।

नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएकाे प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । बाँकी तस्विरमा हेर्नुहोस् :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register