शरीरमा किन काँडा उम्रिन्छ ?

एजेन्सी । कहिलेकाहीँ कुनै भावुक फिल्म हेर्दा वा गीत सुन्दा अनौठो अनुभव हुन्छ र शरीरमा काँडा उम्रिन्छ । त्यस्तो समयमा शरीरका छिद्र देखिन थाल्छन् । यो अनुभव जाडो लाग्दा र भावुक हुँदा पनि महसुस हुन सक्छ । गहिरोसँग कुनै भावना अनुभव गर्दा शरीरमा हुने प्रतिक्रियाले शरीरमा काँडा उम्रिन्छ । अचानक शरीरमा काँडा उम्रनुलाई पाइलोइरेक्शन भनिन्छ […]

Nov 10, 2024 - 11:58
 0
शरीरमा किन काँडा उम्रिन्छ ?

एजेन्सी । कहिलेकाहीँ कुनै भावुक फिल्म हेर्दा वा गीत सुन्दा अनौठो अनुभव हुन्छ र शरीरमा काँडा उम्रिन्छ ।

त्यस्तो समयमा शरीरका छिद्र देखिन थाल्छन् । यो अनुभव जाडो लाग्दा र भावुक हुँदा पनि महसुस हुन सक्छ । गहिरोसँग कुनै भावना अनुभव गर्दा शरीरमा हुने प्रतिक्रियाले शरीरमा काँडा उम्रिन्छ ।

अचानक शरीरमा काँडा उम्रनुलाई पाइलोइरेक्शन भनिन्छ । यस्तो तब हुन्छ जब रौँ फोलिकलसँग जोडिएका मांसपेशी खुम्चिन्छन् । यो नशा प्रणालीसँग जोडिएको एक स्वैच्छिक प्रतिक्रिया हो ।

संगीतसँग सम्बन्ध

हालै शरीरमा काँडा उम्रनु र संगीतको सम्बन्धमा अनुसन्धान गरिएको छ । यस अनुसार हाम्रो मस्तिष्कका दुई भाग हुन्छन् एउटा भावनात्मक र अर्को सोचसँग जोडिएको हुन्छ । यीनले फरक-फरक परिस्थितिमा फरक-फरक तरिकाले प्रतिक्रिया गर्छन् । भावनात्मक पक्षले भावनात्मक अवस्थामा स्वैच्छिक प्रतिक्रिया गर्छ जसले शरीरमा काँडा उम्रन्छ अर्थात् रौँ ठाडा हुन्छन् ।

जब हामी धेरै तीव्र भावना महसुस गर्छौँ तब छालामुनि विद्युतीय गतिविधि सुरु हुन्छन्, जसका कारण रौँ ठाडा हुन्छन् । यो धेरै तीव्र भावनासँग जोडिएको प्रतिक्रिया हो र यो कुनै खास स्वास्थ्य अवस्थाको संकेत होइन ।

केही रोगमा धेरै जाडो लाग्ने कारणले पनि रौँ ठाडा हुन्छन् । तीव्र ज्वरो, इन्फ्लुएन्जा र जाडो लाग्दा पनि रौँ ठाडा हुन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register