लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

झापा, २५ कात्तिक । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक लामिछानेसहित गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, गिबी एन्ड ग्रुपकी [...] The post लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति appeared first on Jhapa Online.

Nov 10, 2024 - 13:41
 0
लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

झापा, २५ कात्तिक । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ ।

न्यायाधीश नवराज दाहालको इजलासले गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक लामिछानेसहित गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, गिबी एन्ड ग्रुपकी कर्मचारी गीता पछाई र नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई आइतबारबाट गणना हुने गरी १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

सभापति लामिछानेलाई चौथो पटक म्याद थप गरिएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमै उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान जारी छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर हिनामिना गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।

The post लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register